Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, उपराष्ट्रपतिले उद्घाटन गर्ने

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, ११ : ५० मा प्रकाशित

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, उपराष्ट्रपतिले उद्घाटन गर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो । २२ गते दिउसो होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।

उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो । महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पुरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको