मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आफ्ना कर्पोरेट साझेदारहरूसँगको शहकार्यमा सञ्चालन गरेको लगानी साक्षरता बुटक्याम्प सफलतापूर्वक सम्पन्न भएको छ । बुटक्याम्प २२ फागुन देखि २७ फागुन (६ दिन) सम्म सञ्चालन भएको थियो ।
यो बुटक्याम्प को सम्पूर्ण सत्र पूरा गरेका सवैको लागि निःशुल्क प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । बुटक्याम्पमा शहभागीहरूलाई नेपालको सेयर वजारमा आफ्नो लगानी कसरी तत्काल शुरू गर्न सकिन्छ भन्ने बारे जान्न आवश्यक पर्ने आधारभूत कुराहरूको जानकारी दिइएको थियो । बुटक्याम्पमा सेयर बजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरूको लागि विशेष रूपमा प्रस्तुत गरिएको थियो ।
लगानी साक्षरता बुटक्याम्पको अवधिभर मल्पीसँग एनआइबिएल एस क्यापिटल लिमिटेड, इलष्लिभ क्भअगचष्तष्भक एखत। ीतम। का विशेषज्ञहरू थिए । यस बुटक्याम्पमा यस क्षेत्रका विशेषज्ञहरु एसएमटिएम क्यापीटल ९क्ःत्ः ऋबउष्तब०ि र दिलिप कुमार मुन्नाकर्मी जस्ता ब्यक्तित्व मार्फत सबैलाई बहुमूल्य जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले धेरै प्रश्नहरू पनि सोधे र सबैको शंका हटाउन तथा सहभागीको जिज्ञासा मेटाउन विशेषज्ञहरूले आफ्नो विचारहरू व्यक्त गरे ।
यस सत्र मल्पीको फेसबुक पेजमा पनि लाइभ गरिएको थियो र प्रस्तुति सहित सत्रको सबै रेकर्डिङहरू एनसेल पाठशाला वेबसाइट मार्फत हेर्न सकिन्छ । ( https://ncellpathshala.com/)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस