Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलको लाभांश लैजान सिफारिस नगरेको उद्योग विभागको भनाइ

शुक्रबार, १२ कार्तिक २०७३, १२ : ५९ मा प्रकाशित

एनसेलको लाभांश लैजान सिफारिस नगरेको उद्योग विभागको भनाइ

अर्थ संसार
काठमाडौं–राष्ट्र बैंकले सबै निकायको अनुमति लिएर लाभांश एनसेलको लाभांश लैजान दिने निर्णय गरेको भन्ने दावीको उद्योग विभागले खण्डन गरेको छ । विभागले एनसेलको लाभांश रकम विदेश लैजानका लागि राष्ट्र बैंकलाई कुनै सिफारिस नगरिएको जनाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत गर्नै निकाय आफू रहेको र लाभांश लैजानुपूर्व विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ आकर्षित हुने उसले जनाएको छ ।  राष्ट्र बैंकले एनसेलका विवादित विषय बाँकी नै रहेका बेला अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा ८ अर्ब ८० करोड रुपैयाँ विदेश लैजान दिने निर्णय गरेको थियो  । 

ऐनको दफा ५ को २ ९ख० बमोजिम विदेशी लगानीवापतको लाभ वा लाभांशको रुपमा प्राप्त रकम विदेशी मुद्रामा नेपाल बाहिर लैजान पाउने व्यवस्था भए बमोजिम विदेशी लगानीकर्ताको विदेशी मुद्रा सटही सुविधाको लागि राष्ट्र बैंकलाई सिफारिश गरिदिन माग गरेमा विभागबाट सिफारि गर्ने गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एनसेल प्रालिले ०७१र०८र२५ मा नै आर्थिक वर्ष ०६८र६९ को मुनाफाबाट प्राप्त लाभमध्ये विदेशी लगानीको अनुपातको रकम विदेशी लगानीकर्तालाई भुक्तानी गर्न राष्ट्रबैंकलाई सिफारिश गरिदिनको लागि निवेदन गरेको भएपनि उक्त कम्पनीले विभागबाट स्वीकृति लिएको पूँजी एंव क्षमताभन्दा वासलातमा देखिएको पूँजी बढी देखिएकाले पूँजी र क्षमता बृद्धि गरि अद्यावधिक गर्न उक्त कम्पनीलाई पटक पटक पत्राचार भएको अवस्था छ ।’ 

पत्राचारपश्चात पूँजी बृद्धिको लागि प्रस्ताव पेश भइ त्यससम्बन्धि कार्य प्रक्रियामै रहेको जनाएको छ । ‘विदेशी लगानीसँग सम्बन्धित कुनैपनि रकम फिर्ताको लागि सटही सुविधा उपलब्ध गराउन यस विभागबाट सिफारिस गर्दा विदेशीले लैजान पाउने रकम र विदेशी लगानीकर्ताको नाम स्पष्ट रुपमै उल्लेख गरि राष्ट्रबैंकलाई सिधै सिफारिश गर्ने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विभागको मिति ०७३र०५र१२ को पत्रबाट राष्ट्र बैंकलाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्ने निकाय विभाग भएकाले विदेशी लगानी ऐनको दफा ५ को २ (ख) अनुसार विदेशी लगानी वापतको लाभ र लाभांशको रकम विदेशी मुद्रामा नेपाल बाहिर लैजान सो ऐन आकर्षित हुने हुँदा विभागको अनिवार्य सहमति वा सिफारिश प्राप्त गरी मात्र सटही सुविधा उपलब्ध गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध गरिसकिएको छ ।’ 

तर राष्ट्र बैंकले उक्त पत्राचार भएको ठिक १५ दिनपछि एनसेलको लाभांश रकम विदेश लैजान दिने निर्णय गरेको हो । ‘एनसेलका लागि विदेशी लगानीकर्तालाई लाभांश रकम फिर्ता गर्न विदेशी मुद्रा सटही सुविधाको लागि राष्ट्रबैंकलाई विभागबाट कुनैपनि सिफारिस नगरिएको व्यहोरा स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकले नियामक निकाय दुरसञ्चार प्राधिकरण र उद्योग विभागको पत्राचारपछि प्रक्रिया पुरा गरि एनसेलको लाभांश विदेश लैजान दिने निर्णय गरेको पत्रकार सम्मेलन गरि जनाएको छ । 

प्राधिकरणले पनि दुई दिन अधि विज्ञप्ति जारी गर्दै लाभांशबारे राष्ट्रबैंकलाई सिफारिस नगरिएको जनाएको छ । राष्ट्र बैंकसँग भएको पत्राचारमा आफ्नो कार्यक्षेत्रभित्रका विषयहरु उल्लेख गरिएको र लाभांशबारे उद्योग विभागको रायअनुसार हुनुपर्ने व्यहोराको पत्राचार गरेको र उत्त पत्रमा विभागको पत्रको प्रतिलिपिसमेत पठाइएको प्राधिकरणले जनाएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको