Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले पुर्यायो नौ अर्ब चुक्ता पूँजी

बुधबार, २८ असार २०७४, १८ : ५४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले पुर्यायो नौ अर्ब चुक्ता पूँजी

अर्थ संसार, काठमाडौँ–नेपाल राष्ट्र बैंकले तोकेको समयसमिा भित्रै रु आठ अर्ब चुक्ता पूँजी पुर्याउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक पनि अग्रस्थानमा देखिएको छ ।

ग्लोबल आइएमर्य बैंकले रु आठ अर्ब चुक्ता पूँजी पुर्याएको एक महिना पछि इन्भेस्टमेन्टले पनि चुक्ता पूँजी रु नौ अर्ब पुर्याएको हो ।

सो बैंकको चुक्ता पुँजी रु ९ अर्ब २४ करोड नाघेको छ । अन्य बैंकहरुले रु ८ अर्ब पर्याउनका लागि कसरत गरिरहेका बेला इन्भेष्टमेन्टले भने चुक्ता पुँजी पुगिसक्दा पनि एस डेभलपमेन्टलाई आफूमा गाभी एकीकृत कारोबार थालेको हो ।

आजदेखि इन्भेष्टमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो। एसलाई प्राप्ती गरेपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत कायम भएको छ । 

कुल निक्षेप रु १ खर्ब २४ अर्ब पुगेको छ भने कुल कर्जा रु १ खर्ब ७ अर्ब पुगेको छ । पुँजी पर्याप्तता अनुपात १३. ९ प्रतिशत छ। एसको १२ वटा शाखा तथा एउटा एक्स्टेन्सन काउन्टर थपिएसँगै बैंकको ६१ वटा शाखा र ४ वटा एक्स्टेन्सन काउन्टर भएका छन् ।

इन्भेष्टमेन्टमा गाभिएका एसका उपत्यकाका शाखाहरु नक्साल, न्यूरोड, चाबहिल, जावलाखेल, कौशलटार तथा कीर्तिपुरमा छन् ।

यो पनि पढ्नुहोस्

झिनो अंकले बढेको बजारमा कारोबार रकम भने घट्यो

सेयर बजारमा सी आस्वा लागू , यस्ता छन् विशेषता

चेक क्लिएरिङ्ग महशुल घट्यो

कुन होला खानेपानी मन्त्रालयको आधिकारिक बेवसाइट

बजेटकै हाराहारीमा बढ्यो व्यापार घाटा

साझा यातायातमा जेष्ठ नागरिकलाई निःशुल्क यात्रा

नेपाल ग्रामीण विकास बैंकको करिब दश लाख कित्ता एफपिओ आउँदै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको