Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना बीमाको भुक्तानी प्रक्रिया एक/दुई दिनमै अगाडि बढ्छः अर्थमन्त्री शर्मा

पत्रपत्रिका

मंगलबार, ०८ चैत्र २०७८, ०६ : ४४ मा प्रकाशित

कोरोना बीमाको भुक्तानी प्रक्रिया एक/दुई दिनमै अगाडि बढ्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी तत्कालै सुरु गरिने बताएकाछन् । विभिन्न कारणले समयमै भुक्तानी हुन नसकेको उक्त कोरोना बीमा अब एक÷दुई दिनमै भुक्तानी प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए । 

सोेमबार गृह जिल्ला रुकुम पश्चिममा नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री शर्माले भने, “महामारीको बीमा गर्नुहुँदैनथ्यो, बीमा सुरु नै गरेपछि भुक्तानी गर्नुपर्छ यसलाई हामीले कार्यान्वयन गर्नैपर्छ” । 

अर्थमन्त्री शर्माले गत आर्थिक वर्षको तुलनामा यस वर्ष साढे ४२ प्रतिशतले आयात वृद्धि भएकाले तरलताको समस्या देखिएको बताए । रुस र युक्रेनको युद्धका कारण पेट्रोलियम पदार्थ, तामा, फलाम, खाने तेललगायतमा महँगी बढेको उनले बताए । उनले मूल्य वृद्धि र आयात वृद्धिसँगै भएकाले आर्थिक तरलता देखिएको बताए ।

आयात प्रतिस्थापनका लागि कृषि उत्पादन बढाएर निर्यातमा जोड दिनुपर्ने उनको भनाइ छ “कृषिलाई उद्योगसँग जोड्नुपर्छ र उत्पादनमुखी कार्य गर्नुपर्छ, त्यसो भएमा स्वरोजगार सिर्जना हुन्छ र गरिबी घट्छ,” मन्त्री शर्माले भने । गोरखापत्र दैनिकबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको