Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

विहीबार, २९ असार २०७४, ११ : ५२ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

अर्थ संसार, चितवन–नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि आज बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ ।

बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३०० सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन सुरु गरिएको थियो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सडकको झण्डै ४० मिटर लामो भाग पहिरोले पुरिएको थियो । दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाएपछि सडक खुलेको हो ।

गत वर्ष पहिरो खसेर दुःख दिएकै ठाउँमा यस वर्ष पनि पहिरो खसेको खनालले बताउनुभयो । सडक विस्तारका क्रममा भित्तो काटिएका ठाउँमा पहिरो खस्ने क्रम बढेपछि हाल सो सडक रातिको समयमा बन्द गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको