Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक लिमिटेड र राम्रो रेमिट बीच विप्रेषण सम्झौता

विहीबार, २९ असार २०७४, १२ : ३४ मा प्रकाशित

कुमारी बैंक लिमिटेड र राम्रो रेमिट बीच विप्रेषण सम्झौता

अर्थ संसार, काठमाडौं– कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्राइभेट लिमिटेडका बीच विप्रेषण सम्झौता भएको छ । 

यस सम्झौताबाट विश्वका विभिन्न मुलुकबाट नेपाली दाजुभाई तथा दिदीबहिनीले श्रम गरी आर्जन गरेर पठाएको रकम कुमारी बैंकबाट विप्रेषणको भुक्तानी गर्न सक्नेछन् । 

यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना ७४ शाखा कार्यालयहरु र ५००० भन्दा बढी कुमारी रेमिटका ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ ।

सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृतरामेश्वर श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको