Like us!
Follow us!
Connect us!
Watch us!

श्रीमतीको कुटाइबाट श्रीमान्‌को ज्यान गयो

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०६ : ०० मा प्रकाशित

हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो । 

श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको