Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट बैंकको एकिकृत कारोबार सुरु

विहीबार, २९ असार २०७४, १५ : ०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट बैंकको एकिकृत कारोबार सुरु

अर्थ संसार, काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एस डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा मर्ज भई आजदेखि ‘नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडको’को नाममा संयुक्त कारोबार सुरु गरेको छ । दुबै बैंकबीचको प्राप्तिप्रक्रिया पूरा भएपछि आजबाट औपचारिक रुपमासंयुक्त कारोवार सुरु भएको हो  ।

एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमाखरिद गरेपछि एनआईबिएलको चुक्तापूँजी रु ९.२४ अर्ब पुगेको छ ।  ८.७८ अर्ब चुक्तापूँजी रहेको एनआईबिएलले एसथपिएपछि निजिक्षेत्रको सबैभन्दा बढी चुक्तापूँजीबनाउने बैंकको पंक्तिलाई थपमजबुत बनाएको छ ।

एसको प्राप्तिपछि एनआईबिएलको संचालक समितितथाप्रमुखकार्यकारी अधिकृत साविककै रहेको छ भने केन्द्रियकार्यालय पनिएनआईबिएलको दरबारमार्गस्थितकार्यालयलाई नै यथावत राखिएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापकपक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशतभएको छ ।

एसको प्राप्तिपछि एनआईबिएलको कुलनिक्षेप १ सय२४ अर्ब रुपैयाँपुगेको छ भने कूलकर्जा १ सय सात अर्ब पुगेको छ ,त्यस्तैपूजीपर्याप्तताअनुपात १३.९ प्रतिशतपुगेको छ ।

एसको १२ वटा शाखातथा एउटा एक्स्टेन्सन काउन्टर थपिएसंगै एनआईबिएलको ६१ वटा शाखापुगेको छ भने चार वटा एक्स्टेन्सन काउन्टर भएकाछन् ।एनआईबिएलमागाभिएकाएसकाउपत्यकाकाशाखाहरु नक्साल, न्यूरोड, चाबहिल, जावलाखेल, कौशलटार तथा किर्तिपुरमा छन ।

त्यस्तै उपत्यकाबाहिर लिंकरोड विरगंज, पर्साबजार चितवन, लायन्स चोक भरतपुर, उर्लाबारी मोरङ, खाँदबारी–१ संखुवसभातथाविजुवार प्यूठानमा अवस्थित छन । एसको १२ वटा एटिएम थपिएपछि एनआईबिएलको ए.टि.एम. संख्या ९८ वटापुगेको छ। दुबै बैंककाशाखातथा एटिएम अहिलेलाई जहाँको त्यहीयथावत राखिएको छ ।

तीनदशकको सेवाअवधिमापाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरेको एनआईबिएलले एसको प्राप्तिपछि अझ बृहत्तर रुपमाआफ्ना ग्राहक सेवालाई फैलाउदै लैजाने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको