Like us!
Follow us!
Connect us!
Watch us!

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १६ : ०४ मा प्रकाशित

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छिन् । उनले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् । 

बिहीबार मन्त्रालयमा आयोजित सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन् । उनले भनिन्, एकीकृत शहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस बर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइतन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।  मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले शहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए । उनले भने, मन्त्रालयले शहरीकरणमा थुप्र्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको