Like us!
Follow us!
Connect us!
Watch us!

"देशको अर्थतन्त्र कमजोर भएपनि आत्तिनुपर्ने अवस्था छैन, नोटबन्दी भए अर्थतन्त्र बर्बाद हुन्छ"

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १४ : ०८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले देशको अर्थतन्त्र कमजोर भएपनि आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । 

अर्थ संसारकाे कार्यक्रम अर्थ संसार बहसमा कुराकानी गर्दै उनले विश्वव्यापी कोरोना संकट र रुस युक्रेन युद्धले अर्थतन्त्र नकारात्मक बाटोमा रहेकाले अवस्थामा सुधार ल्याउन अर्थमन्त्रालय यथाशिर्घ उचित कदम चाल्नुपर्नेमा जोड दिएका छन् । तर बजारमा देखिएको आर्थिक तरलताको लागी भने यी दुई कारण मात्रै नभएर लामो समयदेखि विद्यमान विकृती, राजनीतिक अस्थीरता एंव आयात र निर्यात बिचको असन्तुलन जिम्मेवार रहेको उनको भनाई छ ।

बजारमा देखिएको तरलता संकट समाधानको लागी माग र आपुर्तीबीच सन्तुलन कायम गर्नु जरुरी रहेको उनको धारणा छ । आर्थीक तरलताको निवारणका लागी राष्ट्र बैंकको ढुकुटी जथाभावी प्रयोग गरे त्यसले थप जटीलता निम्तीने पूर्वगर्भनर क्षेत्री बताँउछन् । नोटबन्दी भएमा विश्वासको संकट उत्पन्न हुने र अर्थतन्त्र थाम्नै नस्कने गरेर बर्बाद हुने भएकाले त्यतातर्फ सोच्नै नहुने उनको जीकीर छ ।

देशमा पेट्रोलीयम पर्दाथको दिर्घकालिन समाधानको लागी जलविद्युत सबैभन्दा उपयुक्त  विकल्प भएपनि सम्बन्धीत निकायको उदाशिनताको कारण समुउचित प्रयोग हुन नसकेको बताउँछन् उनी । 

मुलुकमा भएका प्राकृतीक सोत साधनको सहि प्रयोग गर्नसके नेपाल चाडै विकाश र संमृद्धीको मार्गमा अग्रसर हुने बताँउदै उनंले इच्छाशक्तीको अभावले प्रकृया अगाडी बढन नसकेको जोड दिए । 

नेपालमा सेयर बजारको अवस्था निकै नै कमजोर रहेको र नियमनको अभावका कारण समय समयमा कृतिम समस्या देखा परिरहने भएकाले सरकार चनाखो हुनुपर्नेमा उनको जोड छ । साथै लगानीकर्ताहरुले पनि रामा्रे अध्ययन गरेर मात्रै कारोबार गरे जोखिमबाट बच्न सकिने बताउँछन् उनी ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको