Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको दोस्रो बजार कारोबार आजदेखि, कतिमा होला पहिलो कारोबार ?

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ०७ : ०० मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको दोस्रो बजार कारोबार आजदेखि, कतिमा होला पहिलो कारोबार ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) को दोस्रो बजार कारोबार आजदेखि सुरु हुने भएको छ । कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको पछि आजबाट दोस्रो बजार कारोबार प्रारम्भ हुने छ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

स्टकका अनुसार कम्पनीकाे २५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । कम्पनीले काराेबारका लागि NESDO सिम्बाेल पाएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ कराेड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियाे । २५ लाख २२ हजार ९ सय ५५ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको