Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्त लघुवित्तको साधारणसभा आज, यी प्रस्ताव पारित हुँदै

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ०५ : ५० मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्त लघुवित्तको साधारणसभा आज, यी प्रस्ताव पारित हुँदै

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा आज असार ३१ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलय कुश्मा पर्वतमा हुँदैछ ।संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ । 

यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

यसका साथै, यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने ९मर्जर० तथा प्राप्ती ९एक्विजिशन० सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि असार २३ गतेदेखि आसर ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको