Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश !

अर्थ संसार

शुक्रबार, १० असार २०७९, ०८ : १६ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश !

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेश्रो वार्षिक साधारण सभा असार ३१ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलय कुश्मा पर्वतमा हुनेछ । 

संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ । 

यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७४र७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

यसका साथै, यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि असार २३ गतेदेखि आसर ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको