Like us!
Follow us!
Connect us!
Watch us!

विवेकशील साझा पार्टी भित्रै घेराबन्दीमा रविन्द्र मिश्र

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १६ : १९ मा प्रकाशित

विवेकशील साझा पार्टी भित्रै घेराबन्दीमा रविन्द्र मिश्र

रवीन्द्र मिश्रले पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेपछि पार्टीमा आलोचित भएका छन् । पार्टीका नेताहरुले मिश्रको कार्यशैलीबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका हुन् । 

मोर्चाबन्दी गर्नेमा विवेकशिल साझाले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र रविन्द मिश्रकै समूहका भनेर चिनिएका नेताहरु छन् । पार्टीका मिश्र विरुद्ध लागेका नेताहरुले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभएको बताउँदै आफूहरु विधि र थिति बसाल्न लागिपरेको बताउँछन् । रविन्द्र मिश्रको क्रियाकलापले पार्टीलाई गम्भीर क्षति पुग्ने देखिएको भन्दै उनीहरुले कसरी कारबाही गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रीत रहेको उनीहरुको भनाई छ । 

त्यसका लागि असन्तुष्टहरुले हस्ताक्षर संकलन समेत थालेका छन् भने बहुमत जुटाएर प्रक्रियासम्मत ढंगले हटाउने पहल भइरहेको छ । आइतबार बोलाइएको केन्द्रीय समिति बैठकमा पनि मिश्रको आलोचना भएपछि उनले हतारहतार बैठक टुंग्याएको नेताहरुको आरोप छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको