Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरीको हकप्रद साउन १६ देखि

शुक्रबार, ३० असार २०७४, १३ : ४२ मा प्रकाशित

सेन्चुरीको हकप्रद साउन १६ देखि

अर्थ संसार, काठमाडौं – सेञ्चुरी कमर्शियल बैंकले चुक्ता पुँजी रु आठ अर्बपुर्याउनका लागि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले साउन १६ गतेदेखि भदौ १८ गतेसम्म रु १ अर्ब ८८ करोड ५४ लाख २५ हजार बराबरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी बैंकको पुँजी रु ६ अर्ब ६० करोड ३० लाख पुग्ने जनाएको छ । हाल बैंकको पुँजी रु ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार रुपैयाँ छ ।

बैंकले पुँजी बढाउन सगरमाथा फाइनान्स लिमिटेडलाई खरिद गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले भोलीदेखि एकिकृत रुपमा बैकिङ कारोबार हुने भएको छ ।

बैंकले यसअघि अरनिको डेभलपमेन्ट र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गरिसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको