Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा बिहानैदेखि तुवाँलोः‘आज र भोलि काठमाडौंको मौसममा खासै सुधार नहुने’

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, ०७ : ४४ मा प्रकाशित

काठमाडौंमा बिहानैदेखि तुवाँलोः‘आज र भोलि काठमाडौंको मौसममा खासै सुधार नहुने’

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ । 

‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परीणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले भने, ‘वर्षाका लागि उपयुक्त सिस्टम चाहिन्छ । तत्काल सम्भावना देखिँदैन ।’

पानी नपर्दा धुलोका कणहरु ‘ह्युमन वडी’ आसपास प्रदूषण रहेको उनले बताए ।  वायुमण्डलमा रहेका धुलाेका कण साेहर्‍न कि त वर्षा हुनुपर्छ कि हुरीबतास चल्नुपर्ने हुन्छ ।

उपत्यकामा हाल स्थानीय वायु त छ । तर, पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण आकाशमा तुवाँलो लागेको हो । उनका अनुसार जमिन तातिएर स्थानीय वायु माथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो ।

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना पनि छैन । ‘आज र भोलि पनि काठमाडौंको मौसममा खासै सुधार हुने देखिँदैन,’ उनले भने । 

महाशाखाका हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकिका पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको