Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी जलविद्युत् आयोजना दुई बर्ष भित्र सम्पन्न, ६० प्रतिशत काम बाँकी

शनिबार, ३१ असार २०७४, ०८ : ३९ मा प्रकाशित

रसुवागढी जलविद्युत् आयोजना दुई बर्ष भित्र सम्पन्न, ६० प्रतिशत काम बाँकी

अर्थ संसार, रसुवा  उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार एक सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।

भूकम्पपछि २०७३ मंसिर १५ गतेदेखि पुनः काम शुरु भएको सबै निर्माणको कामअन्तर्गत मजदुरले राति पनि आलोपालो गरी पहराको चट्टान फुटाउने काम गरेको तथा आवश्यक पेट्रोलियम पदार्थ र निर्माण सामग्री वर्षायाम अगावै आयोजना निर्माणस्थलमा पु¥याइसकिएको जानकारी दिनुभयो ।

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक रु साढे तीन अर्ब आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताएका छन् ।

चार हजार २०० मि लामो सुरुङसहित सबै संरचना भूमिगत भएकाले भूक्षय, बाढीपहिरो र भूकम्पले कुनै असर नगर्ने बताइएको छ । आयोजना सम्पन्न गर्न लागत अनुमान रु १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको