Like us!
Follow us!
Connect us!
Watch us!

अग्रवालविरूद्ध मुद्दा दायर, सात करोड रुपैयाँ असुलीको माग दाबी

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ०७ : २३ मा प्रकाशित

अग्रवालविरूद्ध मुद्दा दायर, सात करोड रुपैयाँ असुलीको माग दाबी

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा गत फागुन २३ मा पक्राउ परेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले सात करोड ६० रुपियाँ  असुलीको माग दाबीसहित  बुधबार उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हा ।

भारत पश्चिम बङ्गाल, सिलगुडीका अग्रवाललाई फागुन २३ गते नगदसहित प्रहरीले काठमाडौँको ताहाचलबाट पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धान गर्दा अग्रवालले विमला इन्टरप्राइजेजबाट  कारोबार  गर्दा कानुनबमोजिमको बिजक जारी  नगरी  अर्डर फर्म तथा गैरबिजक जारी  गरी मालसामान बिक्री गर्ने गरेको फेला परेको थियो ।

राजस्व छल्ने मनसायले अग्रवालले गरेको यस्तो कारोबारबाट हुने आयलाई व्यवसायको आधिकारिक बिक्री आयमा नजनाई ठूलो परिमाणको नगद घरमा राख्ने गरेको देखिएको विभागले जनाएको छ ।  यसअनुसार अग्रवालले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने करसमेत  नतिरी  राजस्व छलेको विभागले मुद्दामा उल्लेख गरेको छ ।

मिभागले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन प्रतिकुलका कार्य गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड ६० लाख र आयकरतर्फ ६० लाख रुपियाँ छली गरेको जनाएको छ। यसअनुसार बिगोबमोजिम दोब्बर गर्दा करिब सात करोड ६० लाख रुपैयाँ असुल गर्नुपर्ने माग गरिएको छ।

मरामद भएको एक करोड ५० लाख रुपियाँसमेत असुलीअन्तर्गत जफत गर्नुपर्ने माग विभागको छ। अग्रवालसहित अर्का एक युवक पनि पक्राउ परेका थिए। विभागले उनलाई भने प्रतिवादी बनाएको छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको