Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची खानेपानीको कारण बारम्बार राजधानीवासी अन्धकारमा

शनिबार, ३१ असार २०७४, १३ : १७ मा प्रकाशित

मेलम्ची खानेपानीको कारण बारम्बार राजधानीवासी अन्धकारमा

अर्थ संसार, काठमाडौं– सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो ।

केन्द्रकाअनुसार नयाँ चाबहिल सवस्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रहरुमा दैनिक दुई देखि तीन घन्टा विद्युत् कटौती हुनेछ ।

यस्तै राजधानीका अन्य क्षेत्रहरुमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रुपमा अवरोध आउन सक्ने प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाडौँको बानेश्वर सवस्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बाग्मती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक– फरक समयमा दैनिक चार घन्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहेको भएपनि सवस्टेशनको क्षमता वृद्धि तथा प्रसारण प्रसारण लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नुपरेको र त्यसबाट पर्न गएको असुविधाप्रति ग्राहकवर्गमा पधिकरणले माफी समेत मागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको