Like us!
Follow us!
Connect us!
Watch us!

कार दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १० : ३७ मा प्रकाशित

कार दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिनजोर पुलमा बुधबार राति कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारतीय नागरीक २२ वर्षीय नबिन यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २५ वर्षीय भारतीय नागरीक अजित यादवको अवस्था गम्भीर रहेको छ । 

६ जना सवार भारतीय नम्बरको कार गएराती पौने १० बजे अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको