Like us!
Follow us!
Connect us!
Watch us!

डेब्यु खेलमै आदिल आलमको विष्फोटक ब्याटिङः नेपालले दियो पीएनजीलाई विशाल लक्ष्य

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १४ : ३३ मा प्रकाशित

डेब्यु खेलमै आदिल आलमको विष्फोटक ब्याटिङः नेपालले दियो पीएनजीलाई विशाल लक्ष्य

युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्‍याे । 

नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए । 

त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । 

यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए । 

नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको