Like us!
Follow us!
Connect us!
Watch us!

महासंघले विज्ञप्ती निकाल्ने बाहेक व्यवसायीको हितमा केही गर्न सकेन : पूर्व उपाध्यक्ष श्रेष्ठ

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १६ : ३५ मा प्रकाशित

उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारी नितीका कारण व्यवसायीक क्षेत्रको प्रगती हुन नसकेको बताएका छन् । उनले सरकार कहिले पनि व्यवसायी मैत्री नभएको उल्लेख गर्दै हमेशा दबाउने नीति अख्तीयार गरेको जनाए । 

देश विकाश एंव व्यवसायीक क्षेत्रको प्रगतीको लागी उत्पादन र निकाशीमा जोर दिनुपर्नेमा आयातमा निर्भर हुनु गलत रहेको पनि उनको भनाई छ । सरकारले सहीरुपमा आर्थिक उन्नती गर्न खोजेको हो भने व्यवसायीहरुलाई सहुलियत दिएर वस्तु तथा सेवा उत्पादन वृद्धी गरी निकाशी प्रवर्द्धन गर्नुपर्नेमा पूर्वउपाध्यक्ष श्रेष्ठको जोड छ । सरकार अहिलेकै स्थीतीबाट अगाडी बढ्ने हो भने श्रम निर्यातको गर्नुपर्ने बाध्यता कहिले अन्त्य नहुने उनको दावी छ ।

कोरोना पछि पनि सरकारले ब्यवसायीक क्षेत्रलाई खासै प्राथमिकता नदिदा अर्थतन्त्रको अवस्था थिलोथिलो भएको उनको तर्क छ ।
अहिले बजारमा देखिएको आर्थीक तरलता अभावबारे थरीथरीका भनाईहरु आईरहेपनि यसको वास्तविक कारण थाहा पाउन नसकीएको उनी बताउँछन् । उद्योग व्यवसायमा लगानी विस्तार नभईरहेको अवस्थामा पैसा कहाँ गयो भन्ने कुराको सरकारले खोजतलासी गर्नुपर्ने  उनको माग छ ।

नेपालको सन्र्दभमा सरकारले तुरुन्त प्रतिफल प्राप्त गर्न कृषि र दिर्घकालिन फाइदाको लागी उद्योगलाई प्रवद्धन गर्नुपर्ने उनको तर्क छ । ब्यवसायी श्रेष्ठले पूँजीगत खर्चमा वृद्धी हुन नस्कदा आर्थिक उन्नती हुन नस्केको औल्याउदै देशका प्रमुख राजनीतिक दलहरुले कम्तीमा पनि १० वर्षको लागी समान आर्थिक निती बनाउनुपर्नेे बताए ।

व्यवसायीक क्षेत्रका प्रतिनीधिमुलक संस्थाहरुले पनि आम व्यवसायीका समस्यालाई सहीरुपमा उठाउन नस्केकोमा पूर्व उपाध्यक्ष श्रेष्ठको गुनासो छ । उनले पदाधिकारीहरुमा देखिएको व्यक्तीगत लालचाको कारण सरकारलाई सहिरुपमा दबाव दिन नसकिएको जनाए । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको