Like us!
Follow us!
Connect us!
Watch us!

न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव: आज यी प्रदेशमा वर्षाकाे सम्भावना

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, ०७ : ०३ मा प्रकाशित

न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव: आज यी प्रदेशमा वर्षाकाे सम्भावना

भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ ।

बिहान पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।  

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

साेमबार प्रदेश १ काे पहाडी भूभागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको