Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रो एक्स्पो सेमिनारः उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १२ : १० मा प्रकाशित

हिमालयन हाइड्रो एक्स्पो सेमिनारः उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई

ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्वपूर्ण सुझाव दिएका छन् । तीनदिने एक्सपोको पहिलो दिन का तीन विभिन्न सत्रमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय सरोकारवालाले नयाँ प्रविधि उपयोगितादेखि नीतिगत व्यवस्थामा सुझाव दिएका हुन् ।

नेपालले हालसम्म खासै नीतिगत व्यवस्था गर्न नसकेको हाईड्रोजन उत्पादनका क्षेत्रलाई नयाँ ढँगले व्यवस्थित गर्न सुझाइएको छ । बेलायत सरकारको डिपार्टमेन्ट फर इन्टरनेसनल ट्रेडको नविकरणीय ऊर्जाका वरिष्ठ सल्लाहकार मिलिन्द गोडबोले नेपालमा जलविद्युत आयोजना प्रवद्र्धकहरुलाई आफैं हाईड्रोजनको व्यवसायिक उत्पादनमा सकृयता देखाउन आग्रह गरे । विश्वमा खनिज इन्धनबाट हाईड्रोजन उत्पादन भइरहेको तर त्यो प्रवृतिलाई नेपालले विद्युत्को प्रयोगबाट उत्पादन गरेर व्यवसायक निर्यातसमेत गर्न सकिने अवसर रहेको औल्याए । ‘जलविद्युत् प्रवर्दकले हाईड्रोजन उत्पादनलाई विकल्पभन्दा पनि जलविद्युत् प्रणालीमै अन्तरआवद्ध गर्ने अवसर छ,’ उनले भने, ‘वर्षातको बढी भएको विजुली हाईड्रोजन बनाउन खपत गर्दा बहुआयामिक लाभ हुनेछ’ । नेपालमा धेरै सिमेन्ट उद्योग र स्टील उद्योग भएकाले उनीहरुले हरित हाईड्रोजन प्रतिक्षा गरिरहेको उनले उल्लेख गरे । औद्योगिक खपतको सम्भावना भएको भन्दै इलोक्टोलाईजरबाट हाईजन उत्पादन गर्न सक्दा कार्वन उत्सर्जन कम गरेर नेपालले लाभ ग्रहण गर्न सक्ने उहाँको भनाई थियो । उनले जलविद्युत् मात्रै नभएर सौर्य ऊर्जालाई पनि इलेक्ट्रोलाईसिस पद्धतिमा खपत गरेर हाईड्रोजन उत्पादन गर्ने अवसर रहेको उल्लेख गरेका थिए । 

कार्यक्रममा स्टयान टेकका राष्ट्रिय व्यवस्थापक मनोज भट्टराईले जलविद्युुतका क्षेत्रका नयाँ प्रविधिबारे अवगत गरएका थिए । उनले ग्रिन हाईड्रोजन पम्प स्टोरेज र सौर्य ऊर्जालाई समिश्रित रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेमा धारणा राख्नु भएको थियो । उनले हरित हाईड्रोजनलाई नेपालमा बढी भएको बिजुली व्यवस्थापन गर्न विकल्पका रुपमा सकिने बताए । वित्तीय रुपमा अझै महँगो भए पनि नेपालका आरओआर जलविद्युत्मा उयुक्त हुन सक्ने बताए । उनले भने, “नेपालमा पम्प स्टोरेज पिकमात्र नभएर बेसलोड व्यवस्थापनमा पनि उपयोगी हुन सक्छ ।” पछिल्लो अध्ययन अनुसार नेपालमा सौय सम्भाव्यता अझै राम्रो छ । यसलाई पम्पस्टोरेजमा प्रयोग गरेर पिकमा जलबिद्युत् निकाल्न सकिन्छ । 

एसएमइसी (स्मेक)की निर्देशक निता अरोराले नेपालमा २ हजारभन्दा बढी पम्पस्टोरेज बनाउन सकिने उल्लेख गरिन् । नेपालमा हालसम्म यस्ता आयोजना बनेका छैनन् । नेपाल विद्युत् प्राधिकरणले कुलेखानीमा यस्तो आयोजना बनाउन तयारी गरिरहेको छ । ऊर्जा को क्षेत्रीय बजारविस्तार सम्बन्धी तेश्रो सत्रका सहभागीले भने क्षेत्रीय विद्युुत् व्यापारका लागि नेपाल नीतिगत तथा पूर्वाधारका हिसावले नै अझै कमजोर रहेको औंल्याएका थिए । 

भारतीय उद्योग परिसंघका ऊर्जा सुरक्षा प्रमुख भुपेन्द्र कुमार सिंहले दक्षिण एसियामा उर्जा साझेदारीको उच्च सम्भावना रहेको औंल्याए । दक्षिण पूर्वी एसियामा पुर्याउँन पनि भारत नेपाल ऊर्जा सहकार्य अझै बलियो बनाउन आवश्यक रहेको औल्याए ।  उनले खास गरी नेपालमा विद्युत् उत्पादन सन्तुलनको अभाव र पूर्वाधारमा कमजोरी रहेको औंल्याए ।  “सार्वजनिक निजी साझेदारीमा थप पूर्वाधार बनाउनु उपयुक्त हुनेछ,” उनले भने ।

कार्यक्रममा अन्तरराष्ट्रिय वित्त निगम आईएफसीका विज्ञ भिष्म पण्डितले सरकारको कुटनीतिक पहल नीतिगत तयारी तथा प्राविधिक चुस्तता नपुगेको औल्याएका थिए । नेपालले भारत तथा बंगलादेशसँग विद्युत् व्यापार गर्न क्षेत्रीय बजारमा विद्युत्को ग्रिड कनेक्सन थप गर्नुपर्ने आवश्यक रहेको औल्याएक थिए । नेपालको हरित विद्युत्ले बँगलादेशको खनिजमा आधारित विद्युत् समेत प्रतिस्थापन गर्न सक्ने अवसर रहेको बताएका थिए । 

अपार सम्भावनाका बावजुद नेपालले दक्षिण एसियाली बजारमा प्रवेश गर्ने नीतिगत स्पटता नै देखाउन नसकेको उनले उल्लेख गरे । उनको प्रस्न थियो, ‘विद्युत् निर्यात गर्न खोइ क्रस बर्डर इलेक्ट्रीसीटी गाईडलाईन, विद्युत् ऐन किन अझै पारित नगरेको?’ नेपालमा आन्तरिक बजार नै पर्याप्त विस्तार गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘अव निजी क्षेत्रले सिदै उद्योगमा विद्युत् आपूर्ति गर्न दिनुपर्छ तर खोई कार्यनीति तथा पूर्वाधार ?’ उनले स्वेदशी बजारलाई नै व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा क्षेत्रीय बजारमा पहुँच पुराउन बहसमात्र गरेर नहुने नीतिगत तथा प्राविधिक तयारी पुरा गर्नुपर्ने सुझाव दिए ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिपकुमार थिकेले भने प्राधिकरणले स्वेदशमै विद्युत् खपत विस्तार गर्ने योजना गरिरहेको बताए । उनले भारतको खुला बजारमा पनि नेपाल नै पहिलो दक्षिण एसियाली मुलुकमा प्रवेश गरेको स्मरण गराउँदै आउँदो वर्षातमा ८ सय ५० मेगावाटसम्म  निर्यात गर्ने अपेक्षामा रहेको बताए । 

छलफलमा बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले आगामी वर्षातमा ३ हजार ८०० गिगावाट घण्टा बिजुली धेरै हुने जानकारी दिँदै राष्ट्रिय ग्रिडमा जोडिन नपाएर बसेका आयोजनाको बिजुली खपत गर्न पूर्वाधार छिटो बनाउनु पर्ने औंल्याए । अहिले विद्यूत् नपुगेर औद्योगिक ग्राहकलाई अन्याय गरिएको भन्दै उनले पूर्वाधार बनाएर सवै आयोजनाको विजुली खपत गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । 
 
सरकारले निर्धारण गरेका कुनै पनि निर्धारित आवधिक लक्षहरु पुरा हुन नसकेको अवस्थालाई सरकारले गम्भिर भएर समिक्षा गर्नुपर्ने उनले बताए । निजी क्षेत्रको जलविद्युत् विकासमा गरिरहेको योगदानको अवमुल्यन नगर्न आग्रह छ ।उनले भारतीय बजारमा जान भारत नै अनुदार रहेको बताए । यसकालागि नेपालल ऊर्जा कुटनीतिलाई थप बलियो बनाउन आवश्यक रहेको बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको