Like us!
Follow us!
Connect us!
Watch us!

म देशको सेवा गर्न आएको हुँ, स्टन्टबाजी गर्न होइन - गृहमन्त्री गुरुङ

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १५ : ५० मा प्रकाशित

म देशको सेवा गर्न आएको हुँ, स्टन्टबाजी गर्न होइन - गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई जनताको सेवाका लागि आएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले संसद्‌मा घाँटी चिच्याएर मात्रै केही नहुने जिकिर गरे।

उनले भने,‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’

उनले थप भनेका छन्, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको