Like us!
Follow us!
Connect us!
Watch us!

ताइवानको विषयमा चीन र अमेरिकाबीच बढ्यो तनाव

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १३ : ४५ मा प्रकाशित

ताइवानको विषयमा चीन र अमेरिकाबीच बढ्यो तनाव

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्न लागेको चर्चासँगै तनाव बढेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता  जाओ लिजियानले पेलोसीले ताइवानको भ्रमण गरे अमेरिकाले गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिएका छन् ।

उनले अमेरिकाले पेलोसीको भ्रमण रद्द गर्नुपर्ने बताएका छन् । उनले ताइवान चीनको अभिन्न अंग रहेको भन्दै कुनै पनि अमेरिकी अधिकारीको सिधा सम्पर्कको विरोध गरिने बताएका छन् । 

१९९७ पछि कुनै अमेरिकी सभामुखले पहिलो पटक ताइवानको भ्रमण गर्न लागेको बताइएको छ । ताइवानले आफूलाई छुट्टै मुलुक भने पनि अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । अमेरिकालेसमेत उसलाई मान्यता दिएको छैन । तर, उसले ताइवानको सरकारलाई सहयोग गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको