Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : कारोबार अस्वीकार गर्न पाइन्छ कि पाइदैन ?

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १२ : ३५ मा प्रकाशित

सेयर शिक्षा : कारोबार अस्वीकार गर्न पाइन्छ कि पाइदैन ?

सम्पन्न भएको कारोबारलाई अस्वीकार गर्न पाइँदैन । पुँजी बजार "मेरो बचन मेरो दायित्व" भन्ने मान्यताबाट सञ्चालित हुन्छ । त्यसैले कोही पनि आफ्नो बचनबाट पछि हट्न पाउँदैन् । धितोपत्र दलालबाट आफ्नो आदेश अनुसार कारोबार भएको जानकारी प्राप्त भएपछि धितोपत्र बिक्रीकर्ताले प्रमाण–पत्र तथा सम्बन्धित कागजात बुझाउनुपर्छ ।

खरिदकर्ताले खरिद मूल्य पनि समयमै दिनुपर्छ । खरिदकर्ता वा बिक्रेता लगानीकर्ताले दिनुपर्ने कागजात वा रकम नदिएबाट लगानीकर्ता वा सम्बन्धित दलाललाई हानी नोक्सानी हुन गएमा सम्बन्धित लगानीकर्ताले त्यस्तो नोक्सानी ब्यहोर्नु पर्दछ ।

धितोपत्र दलाललाई किनबेच गर्ने आदेश

सूचीकृत धितोपत्रहरु खरिद वा बिक्री गर्ने निर्णय गरेपछि लगानीकर्ताले धितोपत्र दलालको कार्यालयमा गएर तोकिए अनुसारको आदेश–पत्र भरी दिनु पर्दछ । यस्त आदेशमा लगानीकर्ताले आफूले खरिद वा बिक्री गन चाहेको धितोपत्रको किसिम, संख्या,मूल्य, आदेशबहाल रहने अवधि आदि स्पष्ट रुपमा उल्लेख गर्नु पर्दछ ।

आदेश वहाल रहने अवधि उल्लेख नगरेको अवस्थामा त्यस्तो आदेश पत्रको वहाली १५ दिनसम्म कायम रहन्छ । खरिद वा बिक्री आदेश दिएपछि लगानीकर्ताले दलालबाट आफूले दिएको आदेशको दर्ता नम्बर, दर्ता भएको मिति र समय समेत खुलेको निस्सा प्रमाण लिनु पर्दछ ।

लगानीकर्ताहरुबाट प्राप्त खरिद बिक्री आदेशअनुसार धितोपत्र दलालहरुले कारोबार गर्दा दर्ता क्रम अनुसार लगानीकर्ताको नाम, धितोपत्रको नाम, मूल्य आदि स्टक एक्सचेञ्जको कम्प्युटरकृत कारोवार प्रणालीमा प्रविष्टी गर्दछन् ।

अनलाइन कारोबार प्रणाली लागु भए पछि लगानीकर्ताले आफैले आफ्नो अनलाइन खाताबाट  प्रणालीमा आदेश प्रविष्टी गर्न सक्दछन् ।

यसरी प्रविष्ट भएको खरिद तथा विक्री आदेशमूल्य–समय प्राथमिकताको आधारमा मेल खाएपछि धितोपत्र कारोबार सम्पन्न हुन्छ ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको