Like us!
Follow us!
Connect us!
Watch us!

छिटो र सजिलो तरिकाले सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १६ : ३२ मा प्रकाशित

छिटो र सजिलो तरिकाले सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा

छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरिएको हो । ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहककै घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले यो अनलाइन प्लेटफर्म निर्माण गरिएको हो । भेटायोका प्रयोगकर्ताहरू भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् ।  “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ ।

यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । यस एपमा क्लिक गर्ने वित्तिकै तपाईंले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सक्नुहुन्छ ।

भेटायो एप किन प्रयोग गर्ने ?
१. उचित र पारदर्शी मूल्य प्राप्त गर्न
२. अनुभवी सेवा प्रदायकहरू छनोट गर्न
३. सेवामा ३० दिनको ग्यारेन्टी पाउन
४. विविध प्रकारका सेवाहरु सजिलै पाउन

कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने ?
१. दर्ता
पहिला एप डाउनलोड गनुपर्छ र आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुपर्छ । जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लगइन गर्न सकिन्छ । 

२. सेवा लिन
एकचोटि दर्ता गरिसकेपछि, खोजिएको कुनै पनि आवश्यक सेवा खोज्ने र आफ्नो सेवा प्रदायकको मूल्याङ्कन र विगतका ग्राहक विवरणहरू हेरेर छनौट गर्ने । 

३. निश्चितता
आफ्नो सुविधा अनुसार समय तालिका मिलाएर बुक गर्ने । सेवा प्रदायक सो अनुसार तपाईंको स्थानमा आइपुग्ने छन् ।

छोटो समयमै, भेटायो ले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको