नयाँ वर्ष २०७९ आउन केहि दिन मात्रै बाँकी रहदा सस्तोडिलले आकर्षक अफर अनावरण गरेको छ । नव वर्षको हर्षमा थप मिठास थप्न सस्तोडिलले NNY 2079 नामक अफर सार्वजनिक गरेको हो । उल्लेखित अफरमा ग्राहकहरुले सरल मुल्यमा थप छुटका साथ सम्पूर्ण सामग्री पाउनुहुनेछ भने नि:शुल्क डेलिभरीको सुविधा पनि रहेको छ ।
नयाँ वर्ष हर्षोउल्लासित बनाउन NNY 2079 मा ग्राहकहरुले बैंक वा डिजिटल वालेटबाट भुक्तानी गरी अधिक छुटमा सामान पाउनेछन् । सस्तोडिलबाट सामान खरिद गरी विभिन्न बैंकहरु जस्तै एनआइसि एसिया, लक्ष्मी बैंक, एनएमबि बैंक, ज्योति विकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक, एनसिसी बैंक, बैंक अफ काठमाडौँ र मेगा बैंकका डेबिट वा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा ग्राहकहरुले २० प्रतिशत (रु २,००० सम्म) छुट पाउनेछन् भने इसेवा बाट भुक्तानी गर्दा २० प्रतिशत (रु १,५०० सम्म) र खल्ती बाट भुक्तानी गर्दा २० प्रतिशत (रु ५०० सम्म) छुट पाउनेछन् । यसका साथै सस्तोडिल कै कुपन भौचर प्रयोग गरी थप रु १०,००० सम्म छुट पनि पाउनेछन् ।
सस्तोडिलको जुनै पनि अफरहरुमा ग्राहकहरुको उत्साहजनक सहभागिता रही आएको र ग्राहकहरु यस अफरको पनि निक्कै लामो समय देखि पर्खाइमा रहेका सस्तोडिलका हेड अफ मार्केटिङ रितिक साही बताउछन् । यस अफरमा धेरै ग्राहकले रुची राखेका र अफर सुरु भएको केही समयमा नै अफर उपभोग भइसक्ने पनि उनी बताउछन् ।
सो अफर चैत्र २९ गते देखि वैशाख ३ गते सम्मलाई चल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस