Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरमाथिको कारबाहीमा प्रधानमन्त्रीको स्पष्टीकरण

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १६ : १६ मा प्रकाशित

गभर्नरमाथिको कारबाहीमा प्रधानमन्त्रीको स्पष्टीकरण

अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको प्रधानमन्त्री देउवाले स्पष्ट पारेका छन् । सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दै पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । यो निर्णय विरुद्ध सत्तारुढ दल भित्रैबाट समेत आवाज उठीरहेका छन् । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए।

तर प्रधानमन्त्री देउवाले भने आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो । सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गरे भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्याे नी !’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको