Like us!
Follow us!
Connect us!
Watch us!

केजीएफ २ लाई उच्च शो, ए मेरो हजुर ४ लाई समस्या

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १६ : ४५ मा प्रकाशित

केजीएफ २ लाई उच्च शो, ए मेरो हजुर ४ लाई समस्या

झरना थापा निर्माता रहेको नेपाली कथानाक चलचित्र ‘ए मेरो हजुर ४’ बिहीबार रिलिज हुँदैछ । तर यो चलचित्रले सोचेअनुसार शो नै पाउन सकेको छैन ।

अर्कोतर्फ यहि मितिमा हिन्दी डबमा रिलिज हुन लागेको साउथ चलचित्र ’केजीएफ–२’ले उच्च शो पाएको छ । नेपालकै ठूलो चेन क्यूएफएक्समा ‘केजीएफ २’ ले ६९ शोज पाएको छ भने ‘ए मेरो हजुर ४’ ले केबल २७ शो मात्रै पाएको छ । वन सिनेमाज्, बिग मुभिज, रञ्जनासहितका हलमा  लगायतका हलहरुमा पनि ‘केजीएफ २’को दबदबा देखिएको हो । साताअघि नै खोलिएको बुकिङका क्रममा ‘केजीएफ २’ले दबदबा राखेको हो ।  

‘केजीएफ २’ आरआरआरपछिको अर्को बहुप्रतिक्षीत चलचित्र भएकाले पनि हलहरुले एकाबिहानैदेखि मध्यरातिसम्मका शो राखेका छन् । तर ‘ए मेरो हजुर ४’ ले भने हलहरुमा त्यती प्राथमिकता पाँउन सकेको छैन ।

यद्दपी‘ए मेरो हजुर ४’का निर्माताले यसअघि नै साउथ चलचित्रसँग भिड्ने निर्णय गरिसकेका छन् ।  ‘केजीएफ २’ लाई हलहरुले उच्च शो दिइरहँदा निमार्णपक्षले यसलाई अपमानजनक भनेका छन् । 

उनीहरुले सौतेनी व्यवहार गरिएको भन्दै नेपाली चलचित्रलाई माया नगर्नेहरुले एक दिन पछुताउनुपर्ने अवस्था आउने पनि बताएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको