Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा स्टेमकाे नि:शुल्क स्वास्थ्य शिविर, कुन-कुन रोगका उपचार गरिन्छ ?

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ११ : ५८ मा प्रकाशित

नयाँ वर्षमा स्टेमकाे नि:शुल्क स्वास्थ्य शिविर, कुन-कुन रोगका उपचार गरिन्छ ?

नयाँ वर्षकाे अवसरमा  सुगर, थाईराइड, इन्डोक्राइनोलोजी एण्ड मल्टिस्पेसियालिटि सेन्टर प्राइभेट लिमिटेड (स्टेम) ले नि:शुल्क स्वास्थ्य शिविर आयाेजना गर्ने भएकाे छ । 

सुगर/मधुमेह, थाइरायड र हर्मोन (बच्चाहरुको कद नबढ्ने, महिलामा बाझोपन, कुशिङ सिन्ड्रोम, पोलिसिस्टिक ओभरिअन डिजिज, डण्डीफोर, छाला तथा अनुहारमा अत्यधिक रौं उम्रिने इत्यादि ) रोगका बारेमा स्वास्थ्य शिविर आयाेजना गरिने भएकाे हाे ।

याे हेल्थ क्याम्प वैशाख ४ गते आइतबारदेखि वैशाख १० गते, शुक्रबारसम्म सञ्चालन हुने आयाेजक कम्पनीले जनाएकाे छ । इच्छुक व्यक्तिहरूले समयमा नै आफ्नो नाम दर्ता गराउन सक्नेछन् । ओपीडी रजिष्ट्रेशन खुल्ला भइसकेको कम्पनीले जनाएकाे छ । 

मधुमेह तथा थाइरायड विषेशज्ञसँगकाे ओ.पि.डि. सेवा १०० प्रतिशत छुट पाइनेछ । सुगर परिक्षण र दन्त चिकित्सक परामर्श सेवामा पनि १०० प्रतिशत छुट पाइनेछ । १००% मधुमेह तथा थाइरायड विषेशज्ञद्वारा सुझाइएका औषधिमा १० दिनको औषधिहरु निशुल्क प्राप्त गर्न सकिन्छ । प्याथोलोजी परिक्षणमा, भिडियो एक्स-रे तथा रेडियोलोजी परिक्षणमा, डाईटिसिएन कन्सल्टेशनमा र फार्मेसी सेवामा १० प्रतिशत छुट पाइनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको