Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विश्लेषक चौधरी भन्छन्-‘MFI २० को लेभलमा आइसक्यो, यो खरिद गर्ने सुवर्ण अवसर हो’

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १५ : ३२ मा प्रकाशित

प्राविधिक विश्लेषक चौधरी भन्छन्-‘MFI २० को लेभलमा आइसक्यो, यो खरिद गर्ने सुवर्ण अवसर हो’

चर्चित प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले यो समय सेयर खरिद गर्ने अत्यत्नै उपयुक्त समय भएको बताएका छन। नेप्सेमा २३७० को एरियामा बलियो सपोर्ट रहेको बताउंदै उनले पोजिसनल तथा मिडटर्म लगानीकर्ताहरुको लागि अहिले खरिदको अवसर आएको बताए।  

'यसअघि पटक पटक  बजार MFI २० को लेभलमा आइसकेपछि फर्किएको थियो। नेप्से २२६० बाट फर्किंदा पनि MFI २० कै लेभलमा आइपुगेको थियो। त्यसपछि नेप्से बढेर २९८३ को बिन्दुसम्म पुग्यो।  अहिले पनि MFI २० कै लेभलमा आइपुगेको छ, त्यसैले अब २३६०/७० को एरियालाई बटम बनाएर बजार माथितिर जानसक्ने सम्भावना उच्च देखेको छु।' उनले थप स्पष्ट पारेका छन।  

'थुप्रै कम्पनीका सेयरहरु आफ्नो उच्चतम बिन्दु (हाई) बाट ५०% भन्दा धेरैले घटेका छन। यो बिचमा बजारमा धेरै उतार चढावहरु आए र बजारले कारोबारीहरुलाई धेरै मौका पनि दियो। अहिले फेरी बजारले अर्को मौका दिएको  छ।' उनले भने। 

अब बढ्ने क्रममा नेप्से परिसूचक कम्तिमा पनि २५३० सम्म पुग्ने र यदि नेप्सेले  २५३० को लेभललाई क्रस गर्यो भने नेप्सेले २८०० को बिन्दुलाई टेस्ट गर्न जान सक्ने सम्भावना पनि उच्च रहने उनको विश्लेषण रहेको छ।  

चौधरीले अघिल्लो करेक्सनमा २८७८ बाट घट्दै जाँदा  बजार निकै प्यानिक भएर २३०० भन्दा तल खस्दै गर्दा नेप्सेले २२०० देखि २३०० को बिन्दुतिर बटम लगाउने ठोकुवा गरेका थिए। नभन्दै नेप्सेले २२६० को बिन्दुमा बटम लगाएको थियो र अग्रेसिभ्ली बढ्दै नेप्से २९८३ को बिन्दुसम्म पुगेको थियो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको