Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाईफले डाक्यो साधारणसभा, मर्जर सम्बन्धि बिशेष प्रस्ताव लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, ०७ : ५५ मा प्रकाशित

युनियन लाईफले डाक्यो साधारणसभा, मर्जर सम्बन्धि बिशेष प्रस्ताव लगानीकर्तालाई छैन लाभांश

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा २०७९ बैशाख २३ गते टाइगर प्याले रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले २०७९ बैशाख १३ गते बुक क्लोज गर्नेछ । यसअनुसार २०७९ बैशाख १२ गतेसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

यस्ताछन् प्रस्तावहरुः

(क) साधारण प्रस्ताव अन्तर्गत :
१, संचालक समितिको आ.व. २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।

२. आ.व. २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा/ नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा।

३. लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा (कम्पनी ऐन बमोजिम वाहलवाला लेखापरीक्षक श्री एलएसपी एसोसिएट्स चाटर्ड एकाउन्टेण्टस् पूनः नियुक्ति हुन सक्नु हुने छैन)।

४. संचालक समितिमा संस्थापक शेयरधनी सगहबाट प्रतिनिधित्व गर्ने ४ (चार) जना र सर्वसाधारण सगृहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा।

५. स्वतन्त्र विज्ञ संचालकको नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा।

६. प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा ।

(ख) विशेष प्रस्ताव अन्तर्गत :
१. कम्पनीले सामूहिक लगानी कोष संचालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने सम्बन्धमा।

२. यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने),प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पर्ण प्रक्रियागत प्रकयाहरु अवलम्बन गरी मर्ज हने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. कम्पनीको बिस्तृत लेखापरीक्षण (डिडिए) गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्ता) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा।

४. प्रबन्धपत्र नियमावलीमा भएको संसोधनमा सम्बन्धित नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जन गर्नको लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संसोधन एवं परिमार्जन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा।

५. कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा भएको खर्चको अनुमोदन गर्ने सम्बन्धमा।

(ग) विविधः

6256324d6e1d7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको