Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! युनियन लाइफको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, २८ असार २०७८, ०६ : ०८ मा प्रकाशित

छुट्ला है ! युनियन लाइफको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत बिहिबार(असार २४ गतेबाट) आईपीओको निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । 

कम्पनीको आईपिओमा खुलेको पहिलो दिन नै माग गरिएको भन्दा धेरै आवेदन परेको थियो  । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आइतबार ५ बजेसम्ममा १८ लाख ३० हजार ३ सय ५५ जना आवेदकबाट २ करोड ९३ लाख ९४ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.०६ गुणा बढी आवेदन हो  ।

कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सम्मका लागि छिटोमा आज (असार २८ गते) सम्म बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको