Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपिओ जारी गरेको युनियन लाइफको नाफा २१.४८ प्रतिशतले घट्यो, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०८ : २९ मा प्रकाशित

हालै आईपिओ जारी गरेको युनियन लाइफको नाफा २१.४८ प्रतिशतले घट्यो, ईपिएस कति ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा गिरावट आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा २१.४८ प्रतिशतले घटेर  १३ करोड ३ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

खुद मुनाफा घटेपनि समिक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क भने ४५.५२ प्रतिशतले बढेर  ६ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ४ अर्ब ५३ करोड ६७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले ५०२ वटा दाबी वापत १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७६ करोड ८८ लाख ५२ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ५४ लाख २८ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७३ रुपैयाँ रहेको छ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको