Like us!
Follow us!
Connect us!
Watch us!

काठको पुल भाँचिदा परियारको मृत्यु

मंगलबार, ०३ साउन २०७४, ०८ : ५७ मा प्रकाशित

काठको पुल भाँचिदा परियारको मृत्यु

अर्थ संसार, जाजरकोट– यहाँको त्रिवेणी नलगाड नपा वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ ।

टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार सोमबार साँझ खोलामा परेका थिए । करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले बताउनुभयो ।

पक्की पुलको माग गर्दै आएका यहाँका स्थानीयवासी काठद्वारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको