Like us!
Follow us!
Connect us!
Watch us!

यि हुन् माइक्रो फाइनान्सका सबैभन्दा सस्तो मूूल्यका कम्पनीहरु कति  छ मूल्य ?

अर्थ संसार

शनिबार, ०३ बैशाख २०७९, ०७ : १८ मा प्रकाशित

यि हुन् माइक्रो फाइनान्सका सबैभन्दा सस्तो मूूल्यका कम्पनीहरु कति  छ मूल्य ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) मा फाइनान्स समूूह अन्तर्गतका ४७ वटा संस्था सुचिकृत भएका छन् । सुुचिकृत कम्पनीहरुको अधिकांशको सेयर मूल्य एक हजार माथि रहँदा केही यस्ता संस्था पनि रहेको छ । जुुन लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य हो भनेर पत्याउन पनि मुुस्किल पर्छ । माइक्रोफाइनान्स कम्पनीहरुसँग तुुलनात्मक रुपमा न्युुनतम चुक्ता पुँजी छ । त्यसैले सेयर आपूूर्ति  एकदमै कम छ जसले गर्दा  लगानीकर्ताहरुमा लगानीको सबैभन्दा रुचाइएको क्षेत्र बनाउँछ ।

फस्ट माइक्रो फाइक्रो माइनान्स वित्तीय संस्था 

फस्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सात सय ८४ रुपैयाँ रहेको छ । लघुुवित्तको यस कम्पनीको सेयर मूल्य न्युुनतम मूल्य सात सय ८४ रुपैयाँ रहेको छ भने उच्चतम मूल्य ८ सय २ रुपैयाँ रहेको छ । हाल संस्थाको चुक्ता पुुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको छ । संस्थाले चालुुआर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुुद  नाफा १० करोड ४४ लाख रुपैयाँ रहेको छ । संस्थाले चालुुआर्थिक वर्षमा १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको प्रतिसेयर आम्दानी २१ रुपैयाँदेखि ६६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुुपात ४० रुपैयाँदेखि ४३ रुपैयाँ सम्म रहेको छ ।
संस्थाले नाफा अनुुसारको बोनस सेयर पनि लगानकर्ताहरुलाई वितरणगर्दै आइरहेको छ । अघिल्लो आर्थिक वर्षपछि संस्थाले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणगरी संस्थाको सेयर नेप्सेमा सुचिकृत समेत भइसकेको छ । संस्थाले स्थापना कालदेखि नै बोनस सेयर दिदै आएको छ ।


सिभिल लघुवित्त वित्तीय संस्था 
माइक्रो फाइनान्स समूह अन्तर्गत अर्को सस्तो मूल्य कायम भएको  संस्था भनेको  सिभिल लघुुवित्त वित्तीय संस्था हो । हाल कम्पनीको सेयर मूल्य ९ सय ५६ रुपैयाँ १ पैसा रहेको छ। संस्थाको चुक्तापुँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  संस्थाको ५२ हप्ताको न्युुनतम सेयर मूल्य ८ सय ६७ रुपैयाँ रहेको थियो उच्चतम् सेयर मूल्य १८ सय ११ सय रुपैयाँ रहेको छ । उक्त मूल्यबाट सेयर अहिले निरन्तर घटिरहेको छ । संस्थाले चालुुआर्थिक वर्षमा दोस्रो त्रैमासमा ११ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने संस्थाको खुुद नाफा ३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।


 घोडिघोडा लघुुवित्त वित्तीय संस्था 

माइक्रो फाइनान्स समूह अन्तर्गत अर्को सस्तो मूल्य कायम भएको संस्था भनेको  सिभिल लघुुवित्त वित्तीय संस्था हो । संस्थाको हालको सेयर मूल्य ८ सय ३० रुपैयाँ प्रतिसेयर रहेको छ । ५२ हप्ताको न्युुनतम सेयर मूल्य र अहिलेको सेयर बराबररहेको छ । ५२ हप्ता अघि पनि संस्थाको सेयर मूल्य पनि ८सय ३० नै रहेको थियो  भनेहाल न्युुनतम उच्चतम सेयर मूल्यपनि बराबरी रहेको छ । यसको अर्थ संस्थाको सेयर मूल्य बढेको संकेत गरेको छ ।
संस्थाको चुक्तापुुँजी दुुई करोड ७६ लाख रुपैयाँ पुुगेको छ । संस्थाले पहिलो त्रैमासमा  संस्थाको सात लाख ५० हजार रुपैयाँ संस्थाले नोक्सान बेहोरेको छ । जसको कारण  संस्थाले हालसम्म लगानीकर्तालाई बोनस सेयर दिन सकेको छैन ।


आरएस डिसि लघुवित्त वित्तीय संस्थाः

आरएस डिसि लघुुवित्त संस्था सुचिकृत माइक्रोफाइनान्स समूहको सूचिमा पर्ने संस्था मध्येमा पर्दछ । हाल संस्थाको सेयर मूल्य ६ सय ८७ रुपैयाँ रहेको छ। उच्चतम् सेयर मूल्य ५२ हप्ताअघि संस्थाको ११ सय ९४ दशमलव ४० रुर्पैयाँ रहेको थियो भने न्युुनतम सेयर मूल्य पाँच सय ८४ रुपैयाँ रहेको थियो । संस्थाको सेयर मूल्यमा  पछिल्लो समय सुधार आएको छ । पुुस महिनापछि संस्थाले सेयर मूल्यमा सानो सानो रातो मैनबत्ती बनेको छ । अघिल्लो महिना  संस्थाले ठुुलो हरियो मैनबत्ती बनाएको थियो त्यसपछि संस्थाको छायाँ स्यान्डविज बनाउँदै अघि बढेर रातो मैनबत्ती बनाउदै बनाइरहेर बेरियसको संकेत गरेको छ 


हाल संस्थाको चुक्तापुुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको छ । संस्थाले दोस्रो त्रैमासमाल  नाफा ९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने संस्थाको खुुद नाफा चार करोड ८९ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफापछि दश प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरणगरेको छ। संस्थाले स्थापना कालदेखि नै लगानीकर्ताहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ ।


एनएमबी लघुवित्त वित्तीय संस्था 

एनएमबी लघुुवित्त वित्तीय संस्थाको सेयर माइक्रोफाइनान्स समूूहमा पर्ने सस्तोसेयर  मूल्यमा पर्ने अर्को एक संस्था हो । हाल संस्थाको सेयर मूल्य ९ सइ ७० रुपैयाँ रहेको छ । ५२ हप्ताअघि संस्थाको न्युुनतम् सेयर मूल्य १६ सय ६१ रुपैयाँ रहेको थियो भने न्युुनतम सेयर मूल्य ९ सय ३० रुपैयाँ रहेको थियो । संस्थाको सेयर मूल्यले ५२ हप्ताको न्युुनतम मूल्यलाई पारगरेको छ। संस्थाले फागुन महिनाभरी ठुुलो मैनबत्ती आकारको हरियो ठुुलो बनेको छ भने त्यसपछिका कारोबारमा छायाँ  आकारको मैनबत्ती बनेको छ । यसलाई संंस्थाको सेयर मूल्य अहिलेनै भन्नुपर्दा  संस्थाको सेयर बुुलिस अवस्थामै छ भन्ने आधार बलियो नै छ ।


त्यस्तै संस्थाको वित्तीय अवस्थालाई हेर्ने हो भने संस्थाको चुक्ता पुुँजी ६५ करोड रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्षको दोस्रो ठुुलो त्रैमासिक वित्तीय विवरणमा  संस्थाले सात करोड रुपैयाँभन्दा माथिको खुुद नाफा आर्जन गरेको छ भने  कम्पनीले दोस्रो त्रैमासमा २३ करोड रुपैयाँको नाफा आर्जन गरेको छ । त्यस्तै संस्थाले हकप्रद निष्कास गरेर संस्थाको चुक्तापुुँजी बढाएको छ। संस्थाले १ बराबरको १अनुुपात ५ प्रतिशत हकप्रद निष्कास गरेको हो । त्यस्तै संस्था नाफामा गएकैले  लगानीकर्तालाई अघिल्लो आर्थिक वर्षको मुुनाफापछि २१ दशमलव ५प्रतिशत बोनस सेयर र १ दशमलव  १३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको