Like us!
Follow us!
Connect us!
Watch us!

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १६ : ३१ मा प्रकाशित

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

भारतीय चर्चित तथा युवा माझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौं आउने भएका छन् । काठमाण्डौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुती दिनेछन् ।

डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल – भुटानले आयोजना गरेको अवार्ड सेरमोनी कार्यक्रममा चर्चित गायक पवनदीपले काठमाण्डौको पाँचतारे होटेल याक एण्ड यति दरबारमार्ग काठमाण्डौमा आफ्नो सांगितिक प्रस्तुती दिनेछन् । 

साथै यही वैशाख ११ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ । कार्यक्रमका लागि दुई थरीको टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्ने आयोजकले जनाएको छ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार काठमाण्डौको विभिन्न स्थानहरु जस्तै लुना रेष्टुरेण्ट एण्ड बार ठमेल, लर्ड अफ ड्रिंक्स ठमेल, मोजो बुटिक होटेल बानेश्वर, लोकल रेष्टुरेण्ट मध्य बानेश्वर, रोयल एम्पायर बुटिक होटल बालुवाटारबाट समेत टिकट लिन सकिने छ ।  पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त सांगितिक कार्यक्रम विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड/कम्पनीले प्रायोजन गरेका छन् । कोरोनाको कारणले स्थगित पवनदीपको सांगितिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने आयोजकले बताएका छन् । चर्चित गायक पवनदीपले विभिन्न धार्मिक स्थलहरुको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको