Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल नम्बर वान, एनआईसी दोस्रो र नबिल तेस्रो

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १३ : ४२ मा प्रकाशित

ग्लोबल नम्बर वान, एनआईसी दोस्रो र नबिल तेस्रो

वैशाख लागेसँगै सूचिकृत कम्पनीहरूको तेश्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेको छ । सबै वाणिज्य बैंकहरूले पनि चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेका छन् । 

लगानीकर्ताहरूले रूचाउने तथा ठूला वाणिज्य बैंक भनेर चिनिने ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडले पनि हिजै वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज हामीले यी ३ वटा बैंकको वित्तीय विवरणलाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ ।

खुद नाफाकाे आधारमा

खुद नाफाकाे आधारमा हेर्दा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडकाे खुद नाफा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडकाे खुद नाफा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ र नबिल बैंक लिमिटेडकाे खुद नाफा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ रहेकाे छ । नाफाकाे हिसाबले हेर्दा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहेकाे छ । 

चुक्ता पूँजीकाे आधारमा

चुक्ता पूँजीकाे आधारमा तुलना गर्दा ग्लोबल आइएमई बैंक लिमिटेडकाे चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ, नबिल बैंक लिमिटेडकाे चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेकाे छ । यसरी हेर्दा चुक्ता पूँजीमा पनि ग्लोबल आइएमई बैंक नै अब्बल रहेकाे छ । 

वितरणयाेग्य नाफाकाे आधारमा

ग्लोबल आइएमई बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ, नबिल बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ७५ लाख २१ हजार रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ। याे सूचकमा भने नबिल बैंक बलियाे देखिएकाे छ ।

जगेडा काेषकाे आधारमा

जगेडा काेषकाे आधारमा हेर्दा नबिल बैंक लिमिटेडकाे जगेडा काेषमा १४ अर्ब ५३ करोड १६ लाख २१ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडकाे जगेडा काेषमा ९ अर्ब ७४ करोड ९३ लाख ५५ हजार रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडकाे जगेडा काेषमा ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेकाे छ । याे तथ्याङ्कले ३ वटा बैंकमध्ये नबिल बैंककाे जगेडा काेष धेरै रहेकाे देखाउँछ ।

सञ्चालन नाफा

चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रूपैयाँ, नबिल बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ४ अर्ब ७८ करोड २४ लाख ९१ हजार रूपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ५ अर्ब ११ करोड ३४ लाख रूपैयाँ रहेकाे छ । याे सूचकमा पनि ग्लोबल आइएमई बैंक लिमिटेड नै अब्बल छ । 

खुद व्याज आम्दानी

एनआईसी एशिया बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ८ अर्ब २५ करोड ८४ लाख ४३ हजार रूपैयाँ, नबिल बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रूपैयाँ रहेकाे छ । यस सूचकमा एनआईसी एशिया बैंक अन्य २ बैंकभन्दा बलियाे छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

एनआईसी एशिया बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ९४ पैसा, ग्लोबल आइएमई बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २० रूपैयाँ ८८ पैसा र नबिल बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २४ रुपैयाँ ३९ पैसा रहेकाे छ । ईपीएसमा पनि एनआईसी एशिया बैंक अगाडि छ ।

प्रतिसेयर नेटवर्थ

ग्लोबल आइएमई बैंक लिमिटेडकाे प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा, नबिल बैंक लिमिटेडकाे प्रतिसेयर नेटवर्थ १९० रूपैयाँ २९ पैसा  र एनआईसी एशिया बैंककाे प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा रहेकाे छ । एनआईसी एशिया बैंककाे नेटवर्थ अन्य २ बैंककाे भन्दा धेरै छ ।

तालिका पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको