Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १२ : २८ मा प्रकाशित

राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्तिक १६ गतेदेखि लागू हुने गरी थापालाई अधिकृत विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) मा बढुवा गरेको हो ।

डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ कार्यकारी निर्देशकको एक पद खाली भएको थियो । सो पद पूर्ति प्रक्रियाअनुसार, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन सहित) का विनियम ५२ र विनियम ६५(२) का प्रावधानअनुसार सम्भाव्य निर्देशक (अधिकृत प्रथम) हरूमध्येबाट थापाको बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पदोन्नतिपश्चात थापालाई गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ । उनी यसअघि पनि सोही कार्यालयमा निर्देशकका रूपमा कार्यरत थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको