अर्थ संसार, काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ ।
नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुग्नुभएको उहाँका स्वकीय सचिव फणिराज पाठकले राससलाई बताउनुभयो ।
प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस