Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा पर्यटकीय डुंगा डुब्यो : २६ जना बेपत्ता

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, ११ : ३५ मा प्रकाशित

जापानमा पर्यटकीय डुंगा डुब्यो : २६ जना बेपत्ता

जापानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता भएको छ । डुंगा स्थानीय समय अनुसार शनिबार दिउँसो सवा १ बजेसम्म सम्पर्कमा रहेको जापानी अधिकारीले बताएका छन् । उनीहरुका अनुसार डुगांले २६ जना पर्यटक बोकेका थिए । 

काजु १ नाम गरेको उक्त डुंगाले ३ घण्टामा आफ्नो यात्रा पूरा गरी फर्किसक्नुपर्ने थियो। तर समयमा नपुगेपछि डुंगा दुर्घटनामा परेको अनुमान लगाइएको र खोजबिन गर्दै जादा डुबेको पुष्टी भएको जनाईएको छ ।

डुंगामा रहेका २६ यात्रुमध्ये २ जना चालक दलका सदस्य र २ बालबालिका रहेका छन्। उक्त जहाँजमा लाइफ ज्याकेट भएपनि त्यहाँको तापक्रम ० डिग्रीमा झरेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको