Like us!
Follow us!
Connect us!
Watch us!

सात करोड ठगी गर्ने जयसवाल पक्राउ

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १२ : ५८ मा प्रकाशित

सात करोड ठगी गर्ने जयसवाल पक्राउ

बैंकिङ कसूर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको हो । 

उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।  

उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको