नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४०० रुपैयाँले बढेको छ र चाँदी ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस