Like us!
Follow us!
Connect us!
Watch us!

हतियार देखाएर लुटपाट गर्ने तीन पक्राउ

बुधबार, ०४ साउन २०७४, २२ : १० मा प्रकाशित

हतियार देखाएर लुटपाट गर्ने तीन पक्राउ

अर्थ संसार, भक्तपुर– हतियार देखाएर विभिन्न ठाउँमा लुटपाट गर्दै हिँड्ने लुटेरालाई आज प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ । 

लुटपाटमा संलग्न भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने वर्ष ३० का प्रवीण छु श्रेष्ठ, कैलाली धनगढी–७ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–३ बस्ने वर्ष २१ का सुरज चौधरी र काभ्रे मङ्गलटार–८ स्थायी घर भई हाल सूर्यविनायक–४ बस्ने वर्ष २० का ईन्द्रसिंह तामाङलाई पक्राउ गरी थप अनुसन्धान एवम् कारबाही अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । 

प्रहरीले सूर्यविनायक–५ घ्याम्पेडाँडामा बा २ ज ११८० नं को ट्याक्सीमा यात्रु बनेर ट्याक्सी चालकको मोबाइल एक थान तथा रु एक हजार ८०० लुटपाट गरेको र सूर्यविनायक–५ गुण्डु किवाचोकमा चक्कु देखाई लुटपाट गर्ने, बालकोटमा ट्याक्सी तोडफोडमा समेत संलग्न रहेका प्रवीण छुलाई आज पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी सूर्यविनायक–३ स्थित दक्षिण बाराहीमा बा १ ज ११९७ नं को ट्याक्सीको चालकलाई छुरा देखाई लुटपाट प्रयास गर्ने साथै सूर्यविनायक ३ मै बा १ ज ४१३४ नं को ट्याक्सी चालकलाई छुरा देखाई नगद रु तीन हजार, एक थान मोबाइल, एक थान सुनको सिक्री लुटेको अभियोगमा प्रहरी वृत्त ठिमीको टोलीले चौधरी र तामाङलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 

उनीहरुको साथबाट प्रहरीले चक्कु, दुई थान पर्स, एक थान नाइलनको डोरी, चार थान मोबाइल, एक थान घडी, २५ ग्राम गाँजा, नेराभेट ७ चक्की र रु एक हजार ३८० बरामद गरेको प्रनाउ ओलीयाले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको