अर्थ संसार, काठमाडौं– नआइसी एसिया बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा गरेको छ ।
बाणिज्य बैंकमध्ये सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको बैंकले अघिल्लो बर्ष एक अर्ब ६ करोड रुपैयाँ मुनाफा गरेको थियो ।
बिहीबार सार्वजनिक भएको सो बैंकको चौमासिक बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्षमा नाफालाई बढाएर १ अर्ब ४६ करोड पुर्याएको हो ।
यो अवधिमा बैंकले खूद ब्याज आम्दानी २ अर्ब ५३ करोड ८२ लाख गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खूद ब्याज आम्दानी १ अर्ब ९५ करोड ७७ लाखमा सीमित थियो ।
खूद ब्याज आम्दानीमा बैंकले मारेको यो छलांगले उसले आर्थिक वर्ष २०७३र७४ मा व्यवसाय वृद्धिमा महत्वपूर्ण सफलता हात पारेको बुुझ्न सकिन्छ ।
बैंकले यो अवधिमा ८६ अर्ब ६९ करोड निक्षेप संकलन गरी ७१ ऋर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो अवधिमा ६९ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५८ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको थियो ।
बैंकले यो अवधिमा १ अर्ब ६९ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको संचालन नाफा १ अर्ब ३६ करोड मात्र थियो ।
एनआइसी एशिया बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा २८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर यो वर्ष २२ रुपैयाँमा झरेको हो ।
१५२.१५ रुपैयाँ प्रतिसेयर नेटवर्थ कायम गरेको यो बैंकको मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेको छ ।
बैंकले यो अवधिमा निस्क्रिय कर्जालाई समेत घटाएको छ । अघिल्लो वर्ष ०.७६ प्रतिशतमा रहेको एनपिएल यो वर्ष घटाएर ०.३६ प्रतिशतमा झार्न बैंक सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस