Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर बचाए सगरमाथा इन्स्याेरेन्सको २०% बोनस पक्का

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, ०८ : ४२ मा प्रकाशित

आज सेयर बचाए सगरमाथा इन्स्याेरेन्सको २०% बोनस पक्का

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडको २१.०५२% लाभांश सुरक्षित गर्ने बिहीबार (वैशाख १५ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले आफ्नो पच्चीसाैँ वार्षिक साधारण सभा वैशाख २८ गते, बुधबार, लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १०:३० बजे बोलाएको छ।  

सभामा कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, वैशाख १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

626a02bc4da58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको