Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १४ : ०५ मा प्रकाशित

निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

उनले महिलाका विषयमा दिएको अभिव्यक्तिहरुबारे आयोगमा उजुरी आएकाले आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण मागेकाे हाे । 

केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनाे ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । आयोगले यही विषयमा आफ्नो ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेकाे हाे ।

उनकाे उक्त भिडियाे क्लिप सामाजिक सञ्जालमा भाइरल बन्याे । त्यसपछि उनी अझै विवादमा परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको